News

पासबिना भित्रिने चालकलाई कारबाही सुरु

काठमाडौँ, सवारी पासबिना उपत्यका भित्रिने सार्वजनिक सवारीका चालकलाई प्रहरीले कारबाही सुरु गरेको छ । नागढुङ्गा नाकाबाट भित्रिँदै गरेका चारवटा सवारी साधनका चालकलाई आइतबार पक्राउ गरी कारबाही थालिएको छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले सवारी पासबिना सार्वजनिक यातायातका सवारी सञ्चालन गरी चर्को भाडा असुलेको गुनासो आएकाले आवश्यक कानुनी कारबाहीका लागि चालकलाई पक्राउ गर्न थालिएको बताउनुभयो । यो समाचार गोरखापत्रमा प्रकाशित छ।
उद्धारका नाममा आफूखुसी लामो दूरीको सवारी साधन सञ्चालन गर्ने, सवारी पास नलिने र तोकिएको भन्दा बढी भाडा लिई यात्रु ओसारपसार गरेको आरोप प्रहरीको छ ।

पक्राउ पर्नेमा बाँके नेपालगन्जबाट आउँदै गरेको बा. ४ ख ४५८० माइक्रो बसका चालक राहुल डबगर, ना. ७ ख ७३९५ बसका चालक रुद्रबहादुर खत्री, बा. ४ ख ७३७३ माइक्रो बसका चालक विकाश शर्मा र झापाबाट काठमाडौँं आउँदै गरेको ना. ५ ख ५८३४ बसका चालक राकेश शाक्य छन् । काठमाडौँ उपत्यका प्रवेश गर्न तथा बाहिर जान सम्बन्धित निकायबाट जारी सवारी पास र बस तथा कारमा सवार व्यक्तिहरूको ‘पीसीआर’ परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ ।

Related Articles

Back to top button
Close