Entertainment

श्रीमानले विदेशमा दु’ख गरेर कमाएको झन्डै ५० लाख रुपैया लिएर, श्रीमती अर्कै केटा सङ्ग फ’रार

केही दिन देखि सामाजिक सञ्जालमा निकै चर्चा पाएको नकुल अधिकारी र अनुपाको घ’टनामा नयाँ ट्वीष्ट आएको छ । अनुपा भारतको केरलामा फेला परेपछि घ’टनाले अर्को रुप लिएको हो ।झण्डै ५० लाख बढीको सम्पत्ती लिएर दुई बच्चा सहित श्रीमती सम्पर्क विहिन भएपछि तनहुँका नकुल अधिकारी दुई महिना यता खोजीमा थिए । श्रीमती अनुपा अधिकारी सम्पर्क विहिन भएकी हुन् । नकुल दुवईमा रहेर वैदेशिक रोजगारीमा थिए । दुई महिना भन्दा लामो समय देखि उनको श्रीमती छोराछोरी सहित सम्पर्क विहिन भएपछि उनी पनि रुँ’दै मिडियामा आएका छन् । हराएकी श्रीमती खोज्न नकुल तीन दिन तिन रातको रेल र बसको यात्रा गरेर भारतको केरला पुगेका थिए ।

केरलाको पानामार भन्ने स्थानमा रहेकी अनुपालाई लिन नकुल अधिकारी भारतीय प्रहरीको सहयोगमा पुगेका थिए ।दुवईमा दु’ख गरेर कमाएर बैंकमा राखेको पैसा श्रीमानलाई थाहा नदिएर निकालेको, छिमेकीमा पनि ऋण नै ऋण बनाएर श्रीमती स’म्पर्क वि’हिन भएकी थिइन् । कक्षा ७ मा पढ्दा देखि प्रेम गरेर विवाह गरेकी श्रीमतीले यस्तो गर्छिन होला भनेर नकुलले सोचेका पनि थिएनन् ।

१३ वर्ष सम्म दुवईमा बसेर कमाएका नकुल अहिले घर आउँदा घरमा न श्रीमती छन् न त छोराछोरी ।केरालामा श्रीमती फेला परेपछि भने नकुल आफ्ना छोराछोरीलाई भेट्न पाउने भएँ भन्दै खुसी भएका थिए । यता अनुपालाई लिएर गएका कुमार कार्कीको श्रीमती पनि प्रहरी कार्यालयमा श्रीमानलाई कुरेर बसेकी थिइन् । विवाह भएको १५ वर्ष पछि कुमार कार्की भन्ने ब्यक्तिसंग आफ्नो श्रीमती गएको नकुलको भनाई छ ।

कार्कीले आफ्नो श्रीमतीसंग म्यासेन्जरमा कुरा गरिरहेको आफुले थाहा पाएको उनले बताए । नकुलको श्रीमती लिएर जाने कुमार पनि दुवईमा बस्दै आएका थिए ।तृष्णा जन्मिदा उनी नेपालमा थिए तर कान्छी छोरी तृप्तीलाई प्रत्यक्ष अनुहार पनि हेर्न पाएका छैनन् । कान्छी छोरीलाई राम्रोसंग चिन्न पनि पाइन् । विदेशी भूमीमा आफुले दुख गरेर भएपनि छोरीलाई डाक्टर बनाउने उनको चाहना थियो ।

उनी भन्छन् छोरीलाई डक्टर बनाउन चाहन्थे तर अहिले मलाई अहिले दौडने बनाएकी छ । अहिले जो संग आफ्नो श्रीमती भागेर गइन् त्यो कुमार कार्कीलाई श्रीमतीले मामाको छोरा भनेर चिनाएको बताइन् । पहिला पनि कुरा गरिरहेको थाहा पाएको थिए तर मामाको छोरा भनेपछि मैले न’राम्रो सो’च्ने कुरा पनि भएन । दुवईवाट फर्कदा आफुभन्दा दुई साता पहिला कुमार आएको र आफ्नो श्रीमतीलाई लिएर गएको उनले बताए|

Related Articles

Back to top button
Close