News

मालपोत कार्यालयमा भीडभाड, पाँच दिनमै ३० करोड राजश्व संकलन

बाहिर मात्र होइन, भित्र हाकिमको चेम्बरमा समेत मानिसहरु झुरुप्प थिए । त्यहाँ सामाजिक दुरीको कसैलाई मतलव नभएको जस्तो भान हुन्थ्यो । दुरी कायम गर्न सम्भवै थिएन । कार्यालय प्रवेश गर्ने बाटो साँघुरो भएका कारण ठेलमठेल गर्दै भित्र पस्नुपर्ने अवस्था देखिन्थ्यो ।

चावहिल मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कलकबहादुर खड्कालाई भ्याई-नभ्याई थियो । उनको टेवलभरि फाइलहरु थुपि्रएका थिए । हस्ताक्षर गरेर फुर्सदै थिएन । उनलाई हामीले कार्यालयको सेवा प्रवाहबारे थोरै जिज्ञासा राख्न खोज्यौं ।

‘म अहिले बोल्न भ्याउदिनँ,’ कार्यालय प्रमुख खड्काले जवाफ दिए । तर, हामीले केहीबेर पर्खेपछि उनी एकैछिन खाली भए ।

‘मेरोमा पाँचजना अफिसर हुनुहुन्छ, तर आज ममात्रै छु,’ उनले टेवलमा थुप्रिएका फाइलहरु देखाउँदै भने, ‘सबै अफिसरले गर्नुपर्ने काम म एक्लैले गरिरहेको छु ।’
‘अनि अरु अधिकृतहरुचाहिँ किन आउनुभएन त ?’ हामीले जिज्ञासा राख्यौं । उनले लकडाउनमा गाउँ गएकाहरु आउन नसकेको बताए ।

खड्काका अनुसार सेवाग्राहीको भीड दिनदिनै बढ्न थालेको छ । सरकारले बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरेर २ सिफ्टमा सेवा दिने निर्णय गरेको छ । तर, बिहानदेखि बेलुकासम्म उही कर्मचारी खटिइरहेका खड्काले बताए ।

‘बिहान ८ बजे कार्यालय आएका कर्मचारी पनि साँझ ६ बजे घर जान्छन्,’ उनले भने, ‘२ सिफ्टमा चलाउने भए त २ जना हाकिम चाहियो, कर्मचारी पनि दोब्बर चाहियो नि ।’
सेवाग्राहीहरु मध्ये सबैभन्दा धेरै जग्गा रोक्का फुकुवा गर्न आउने गरेका छन् । राजीनामा पास गर्नेहरु पनि आउँछन् ।

०००

भूमिसुधार तथा मालपोत कार्यालय डिल्ली बजारमा पनि हामी पुग्यौं ।

तुलनात्मक हिसाबले चावहिल मालपोतको भन्दा डिल्लीबजारमा भीड कम थियो । कोभिड-१९ बाट जोगिन यहाँ अलि राम्रै सुरक्षा सतर्कता अपनाइएको पाइयो ।

मुख्य प्रवेशद्वारमा ज्वरो नाप्ने, स्यानिटाइजर लगाउने मात्रै होइन, दूरी कायम गर्न रेखांकन समेत गरिएको रहेछ । प्रवेश गर्ने र निस्कने बाटो पनि छुट्टाछुट्टै बनाइएको थियो ।
डिल्लीबजार कार्यालयका कामु कार्यालय प्रमुख बुद्धिबहादुर कार्कीले लकडाउन यता दिनप्रतिदिन सेवाग्राहीहरुको संख्या बढ्दो क्रममा रहेको बताए ।

चावहिलमा जस्तै यहाँ पनि बिहानदेखि साँझसम्म एकै सिफ्टमा कार्यालय सञ्चालनमा छन् । अधिकृत कार्की बिहान ८ बजे नै आउँछन् । अन्य कर्मचारीहरु प्राय ८ बजे आउँछन् । कोही ढिला गर्छन् । तर, सबैजना कार्यालय समय पूरा भएपछि मात्रै घर र्फकने गरेको कार्कीले बताए ।

‘बिहान त आउछौं, तर बिहानै सेवाग्राही पनि आउनुहुन्न,’ अधिकृत भन्छन्, ‘दुई सिफ्ट नगरे पनि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म नै सेवा दिन सक्छौं ।’

डिल्लीबजार पुगेका सेवाग्राहीहरु पनि खुसी देखिए । रोक्काको काम आधा घण्टामै सकिएको धेरैले सुनाए । टोकन प्रणाली बनाइएकाले लाइनमा बस्नुपर्दैन । ‘सेवाग्राहीको संख्या बढेको छ, राजश्व संकलन पनि राम्रै भइरहेको छ,’ कामु प्रमुख कार्कीले भने ।

डिल्लीबजारमा पनि धेरै सेवाग्राहीहरु जग्गा रोक्काका लागि नै आउने गरेका छन् । ‘धेरै सेवाग्राहीहरु ऋण लिनका लागि जग्गा रोक्का गर्न आएका हुन्छन्, सँगै बैंकका कर्मचारी पनि हुन्छन्’ उनले भने ।

सेवाग्राहीको बढ्दो ग्राफ

  1. मालपोत कार्यालयहरुमा सेवाग्राहीको संख्या दिनप्रति दिन बढ्दो छ । देशभरका मालपोत कार्यालयहरु १ असारदेखि खुलेका हुन् । त्यसयता ५ दिन -गत शुक्रबार) सम्मको तथ्यांक हेर्ने हो भने २५ हजार भन्दा धेरै सेवाग्राहीले सेवा लिएको भूमि व्यवस्था तथा अभिलेख विभागको अनुमान छ ।

Related Articles

Back to top button
Close