News

यूएईबाट १६५ जना स्वदेश फर्कंदै, टिकट लिएका ३ जना विमानस्थल नै पुगेनन्

यूएई – यूएईको सारजाहबाट आज तेस्रो पटक एअर अरबियामार्फत नेपाली स्वदेश फर्कंदैछन् । स्थानीय समयअनुसार बिहान ११ बजेर १५ मिनेटमा तेस्रो उडान भरेको एअर अरबियामार्फत १६५ जना नेपाली स्वदेश फर्किएका आबुधावीमा रहेको नेपाली दुतावासले जनाएको छ । १६८ जनाले नेपाल फर्किन टिकट काटेका थिए । टिकट लिएर पनि विमानस्थल नआएका ३ जना आज नेपाल फर्किन पाएनन ।

टिकट काटेर पनि विमानस्थल नपुगेपछि एअरलाइन्स र दूतावासका प्रतिनिधिले सम्पर्कको प्रयास गरेको, तर सम्पर्क नभएपछि अन्तिम समयमा ती ३ वटा सिट खाली राखेर जहाज उडेको हो । टिकट लिएर विमानस्थल नपुग्नेहरुमा रामकुमार बुढा, भोलन लोप्चन, भूमि मगर रहेको एयर अरबियाले जनाएको छ ।

आज फर्कनेमध्ये ३१ महिला र १३४ जना पुरुष रहेको नेपाली दूतावास आबुधाबीकी उपनियोग प्रमुख तथा प्रवक्त्ता रीता धितालले जानकारी दिनुभयो ।फर्किने सबैको सारजाह विमानस्थलमा निःशुल्क कोरोना परीक्षण गरिएको थियो ।

नेपाल फर्किनेहरुलाई दूतावासकातर्फबाट तृतीय सचिब राम विनय यादव, जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलम र बिष्णु पौडेल विमानस्थल पुग्नुभएको थियो । त्यस्तै दुबई प्रशासनबाट अनुमति पाएको दू्रत उद्धार समूहबाट एनआरएनए यूएईका उपाध्यक्ष पाशाङ शेर्पा, कोषाध्यक्ष विकास शाही, र सुजन सापकोटा विमानस्थल पुग्नुभएको थियो ।

Related Articles

Back to top button
Close