News

नागरिकता विधेयकको विरोधमा नवलपरासीमा प्रदर्शन

विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी नवलपरासीले विरोध प्रदर्शन गरेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पास गरेको उक्त व्यवस्था मधेशी जनताको हितमा नरहेको भन्दै उक्त व्यवस्था हटाउन माग गर्दै पार्टीले जिल्लामा विरोध प्रदर्शन गरेको हो ।

पार्टीका जिल्ला नेता मुकुरजी गिरीको नेतृत्वमा लोकतान्त्रिक चोकदेखि निक्लेको विरोध ¥याली बुद्धचोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगी पुनः बुद्धचोक आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा जसपका केन्द्रिय नेता तथा पूर्व सांसद गोविन्द चौधरी, चिनक कुर्मी, जिल्ला नेता धरेन्द्र यादव, पुरन चौधरी, मुन्ना गुप्ता, सत्रजित यादव, अमिरुल्लाह मिँया, चन्द्रभुषण पाठक, सुनिता काफले लगायले मन्तब्य राखेका थिए ।

Related Articles

Back to top button
Close