News
जापान आजदेखि एक महिना लामो संकटकालमा
टोकियो, जापान , २५ चैत । कोरोना भाइरसको संक्रमण रोक्न जापानले १ महिना लामो संकटकाल घोषणा गरेको छ । प्रधानमन्त्री सिन्जो आबेले आज एक महिनाका लागि संकटकालको घोषणा गरेका हुन्।
संकटकाल राजधानी टोकियो सहित चिबा, खानागावा, साइतामा, ह्योगो, फुकुओका, होक्काइदो र ओसाकामा लागू हुनेगरी संकटकालको घोषणा गरेका हुन।
संकटकाल घोषणा गरिएता पनि दैनिक जनजीवनमा कुनै असर नपर्ने भनिएको छ । तर शैक्षिक सस्था तथा पर्यटकीय क्षेत्रहरु भने पूर्ण रुपमा बन्द हुने छन्। जापानमा संकटकाल घोषणा गरिएको यो नै पहिलो पटक हो ।