News

‘समय आएपछि म राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ससम्मान कुरा गर्न तयार छु’ राज्य नियन्त्रित समाचार संस्था एभिएनसँग मदुरोले भने। ‘समय आएपछि म राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ससम्मान कुरा गर्न तयार छु’ राज्य नियन्त्रित समाचार संस्था एभिएनसँग मदु…

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले सोमबार आफू अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेट गर्न तयार रहेको बताएका छन्।

ट्रम्पले आफूले समाजवादी नेता मदुरोसँग सत्ता हस्तान्तरणका लागि भेट गर्न विचार गरिरहेको बताएको भनाइ सार्वजनिक भएपछि मदुरोको यो प्रतिक्रिया आएको हो।

‘समय आएपछि म राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ससम्मान कुरा गर्न तयार छु’ राज्य नियन्त्रित समाचार संस्था एभिएनसँग मदुरोले भने।

ट्रम्पले एक अन्तरवार्तामा राष्ट्रपति मदुरोसँग भेट गर्ने बारेमा सोचिरहेको बताएका थिए। पछि उनले सोमबार गरेको ट्विटमा आफ्नो सो भनाइ परिवर्तन गरिसकेका छन्।

‘मेरो प्रशासन सँधै स्वतन्त्रताको पक्ष र मदुरोको दमनकारी शासनको विपक्षमा उभिएको छ। म मदुरोसँग उनको शान्तिपूर्ण सत्ता बहिर्गमनको बारेमा छलफल गर्नका लागि मात्र उनीसँग भेट गर्नेछु’, ट्रम्पले भनेका थिए।

मदुरोले ट्रम्पको भनाइलाई उल्लेख नगरी ‘जसरी जोए बाइडनसँग कुरा गरे, त्यसैगरी ट्रम्पसँग कुरा गर्न सक्छु’ भनेका छन्।

डेमोक्रेटिक उम्मेदवार बाइडन आगामी अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्पको विरूद्ध प्रतिष्पर्धा गर्दैछन्।

मदुरोले सन् २०१५ मा बाइडनसँग भेट गरेका थिए, बाइडन बाराक ओबामा अमेरिकाको राष्ट्रपति हुँदा त्यहाँका उपराष्ट्रपति थिए।

वासिङ्टनले भेनेजुएलाका विपक्षी नेता जुवान गुएदोलाई समर्थक गर्दै आएको छ।

गुएदोले १८ महिना अगाडि आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेपछि मदुरोले निर्वाचनमा व्यापक धाँधली गर्दै आफूलाई सत्तामा टिकाइराखेका थिए।

त्यसपछि अमेरिका लगायतका ५० राष्ट्रले निर्वाचनको परीणामलाई अस्वीकार गर्दै मदुरोको सट्टा गुएदोलाई भेनेजुएलाको राष्ट्रप्रमुख मान्यता प्रदान गरेका थिए। त्यसपछि मदुरोमाथि दबाब बनाउन अमेरिकाले भेनेजुएलामाथि विभिन्न आर्थिक प्रतिबन्धहरू लगाएको थियो।

त्यसयता भेनेजुएलाले गम्भीर राजनीतिक तथा आर्थिक संकट बेहोरिरहेको छ।

त्यसपछि अमेरिका लगायतका राष्ट्रहरूको समर्थन प्राप्त गुएदोले अपार जनसमर्थनसहित देशव्यापी प्रदर्शन गरेका थिए। त्यतिबेला व्यापक राष्ट्रिय समर्थन बटुलेका गुएदोको लोकप्रियता यतिबेला भने पहिले जस्तो छैन।

Related Articles

Back to top button
Close