News

क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएका कैलालीका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

क्वारेन्टिनबाट घर फर्किएपछि सोमबार साँझ मृत्यु भएका कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर-७ का युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

उनको सोमबार साँझ मृत्यु भएपछि राति नै स्वाब संकलन गरेर धनगढी प्रयोगशाला पठाइएको थियो।

परीक्षणपछि रिपोर्ट नेगेटिभ आएकोले मृतक युवकको शव पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टले बताए।

उनले भने, ‘पोष्टमार्टम अस्पतालले गर्ने हो भोलि हुन्छ या समय लाग्छ। त्यो भन्न सकिने अवस्था छैन।’

पोष्टमार्टमपछि मात्रै आफन्तले युवकको दाहसंस्कार गर्न पाउने छन्।

उनको मृत्यु के कारण भयो भन्ने पोष्टमार्टमको रिपार्ट आएपछि थाहा हुने प्रहरीले जनाएको छ।

मृतक युवक जेठ २६ गते भारतको हल्दवनीबाट नेपाल आएका थिए ।

Related Articles

Back to top button
Close