News

नेपालमा कोरोनाबाट २४औँ व्यक्तिको मृत्यु, को हुन् नयाँ मृतक ?

काठमाडौं । नेपालमा थप एकजनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेखका एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको जानकारी दिइएको छ । दैलेखको दुल्लुका ४५ वर्षीय व्यक्तिको कर्णाली प्रदेश अस्पताल उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार क्षयरोगका बिरामीसमेत रहेका ती व्यक्तिलाई जेठ २ गते अस्पतालमा भर्ना गरिएको थियो । उहाँले भन्नुभयो, ‘यहाँ आउँदाखेरि नै अवस्था गम्भीर थियो, हामीले आईसीयूमा राखेर उपचार गरिरहेका थियौं । क्षयरोगीसमेत भएकाले कोरोनाले थप समस्या निम्त्यायो ।’

कर्णालीमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि दैलेख र डोल्पामा एक–एकजना तथा सुर्खेतमा दुई जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

Related Articles

Back to top button
Close