News

नेपाली काँग्रेसले सर्लाहीको रामनगर गाउँपालिका–४ का वडाध्यक्ष तथा पार्टीका वडा सभापति रामनरेश महतोविरुद्ध सत्ताको प्रभावमा परी मोलाहिजाबाट किटानी जाहेरी दर्ता गरिएको भन्दै सो घट्नाको विरोध जनाएको छ।

नेपाली काँग्रेसले सर्लाहीको रामनगर गाउँपालिका–४ का वडाध्यक्ष तथा पार्टीका वडा सभापति रामनरेश महतोविरुद्ध सत्ताको प्रभावमा परी मोलाहिजाबाट किटानी जाहेरी दर्ता गरिएको भन्दै सो घट्नाको विरोध जनाएको छ।

सर्लाहीको रामनगर गाउँपालिकाअन्तर्गत गाउँमा रामजन्म रायको मृत्यु भएको घटनाका सम्बन्धमा वडाध्यक्ष महतोले जिल्ला प्रहरी कार्यालयमा स्वयं जानकारी गराई सहयोग गरेको अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा उनीलगायतका व्यक्तिहरुमाथि किटानी जाहेरी दर्ता गरिएको काँग्रेसले मंगलबार विज्ञप्तिमार्फत जनाएको हो ।

सरकारवादी फौजदारी घटनामा प्रहरी प्रशासनबाट कानूनबमोजिम जाहेरी दर्ता गर्नुगराउनु पर्नेमा सर्लाहीलगायत कतिपय जिल्लामा राजनीतिक पूर्वाग्रह राखी निर्दोष व्यक्तिहरुलाई किटानी जाहेरी दर्ता गर्नुले मुलुकको सुरक्षा निकाय तथा न्यायिक र अर्धन्यायिक निकायले समेत सत्ताको निर्देशन र राजनीतिक प्रभावमा काम गर्ने गरेको काँग्रेसको आरोप छ।

वडाध्यक्ष महतोलगायत घटनामा कुनै संलग्नता नै नरहेका र थुनामा राखिएका सबैलाई अविलम्व थुना मुक्त गरी घटनाको निष्पक्ष छानबिन गर्न र सत्यतथ्य सार्वजनिक गर्न काँग्रेसले सरकारसँग माग गरेको छ।

कुटपिट गर्नेलाई कारवाही गर्न माग

यसैगरी नेपाली काँग्रेसले सोलुखुम्बुमा विकास निर्माणमा भएको भ्रष्टाचार तथा राहत वितरणमा भएको अनियमितता र पक्षपातपूर्ण व्यवहारको शान्तिपूर्ण विरोध गर्ने पार्टीका नेता कार्यकर्तामाथि कुटपिट एवं दुव्र्यवहार गरिएको भन्दै आपत्ति प्रकट गरेको छ।

सोलुखुम्बुका सोलुदूधकुण्ड नगरपालिका, लिखुपिके, थुलुक, खुम्बु पासाङ्ग ल्हामु, नेचा सल्यान गाउँपालिका र सो गाउँपालिकाअन्तर्गतका जलविद्युत् आयोजना र विकास निर्माणमा देखिएको भ्रष्टाचार र अनियमितताको विरोध गर्दा उल्टै कुटपिट गर्ने र दुव्र्यवहार गरिएको र त्यसविरुद्ध प्रहरी प्रशासनले उजुरीसमेत दर्ता गर्न नमानेको काँग्रेसले जनाएको छ।

काँग्रेस केन्द्रीय कार्यालयले मंगलबार एक विज्ञप्तिमार्फत सरकारको निर्देशनमा जिल्लामा कार्यरत कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिहरुले समेत काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई अनाहकमा दुःख दिने, झुठ्ठा मुद्दामा फसाउने, कुटपिट एवं दुव्र्यवहार गर्ने गरेको आरोप लगाएको छ।

त्यस्ता अवाञ्छित र अमर्यादित घटनालाई तत्काल रोकी आम नागरिकले संविधानको मर्म र भावनाअनुरुप स्वतन्त्र र निष्पक्ष रुपमा कानुनी अधिकारको उपभोग गर्न पाउने वातावरण निर्माण गर्न तथा घटनाको छानबिन गरी कुटपिटमा संलग्न दोषीलाई कानुनी कारवाही गर्न काँग्रेसले सरकारसँग माग गरेको छ।

Related Articles

Back to top button
Close