News

कोरोना पुष्टि पछि आइसोलेसनमा राखेर उपचारकै क्रममा निधन

काठाडौं । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । बुधवार थप एक जना कोरोना संक्रमितको निधन भएको पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका एक पुरुषको निधन कोरोनाका कारण भएको पुष्टि भएको हो । उनलाई अस्पताल भर्ना गरिएपछि कोरोना पुष्टि भएको थियो ।

असार ३ गते अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका दैलेखका एक पुरुषको स्वाव परिक्षण पछि असार ४ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि पछि आइसोलेसनमा राखेर उपचारकै क्रममा निधन भएको हो । दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षे पुरुषको सोमबार राति ९ बजे निधन भएको हो।

विगत २ महिनादेखि क्षयरोगको औषधि सेवन गर्दै आएका ती पुरुषमा ४ गते कोरोना पुष्टि भएको कोरोना विशेष अस्पताल, प्रदेश अस्पतालका फोकल पर्सन डा। केएन पौडेलले पुष्टि गरेका छन् । कोरोना पुष्टि भएका पुरुषको शव सुर्खेतमै नेपाली सेनाले अन्त्येष्टि गरेको छ । सेनाले कोरोना संक्रमितको शव अन्त्यष्टि गरेको तस्विर सार्वजनिक भएको छ । सेनाको टोलीले स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण निधन भएका ब्यक्तिको शव ब्यवस्थापन गर्न बनाएको प्रोटोकल अनुसार ब्यवस्थापन गरेको छ ।

यो सँगै कर्णालीमा कोरोनावाट ज्यान गुमाउनेको संख्या कर्णालीमा ५ पुगेको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुग्यो । कर्णाली प्रदेशमा दैलेख २, सुर्खेत २ र डोल्पा १ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

Related Articles

Back to top button
Close