News

क्वारेन्टिनबाट घर फर्किएको १४ दिनपछि मृत्यु भएका कैलालीका युवकको कोरोना रिपोर्ट नेगेटिभ

क्वारेन्टिनबाट घर फर्किएको १४ दिनपछि मृत्यु भएका कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ पूर्वखैरीफाटा टोलका ३६ वर्षीय युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

मंगलबार बिहान उनको मृत्यु भएलगत्तै स्वाब परीक्षणको लागि धनगढी पठाइएको थियो।

आज दिउँसो ४ बजेतिर उनको कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टले जानकारी दिए।

युवकको शव टिकापुर अस्पतालमा पोष्टमार्टमको लागि लगिएको छ।

पोष्टमार्टमपछि उनको शव परिवारलाई जिम्मा लगाइने छ।

उनीसँगै श्रीमती र छोरी पनि क्वारेन्टिनबाट घर फर्किएका थिए।

मृतकका श्रीमती र छोरीहरूको कोरोना परीक्षणको लागि भने स्वाब संकलन गरिएको छैन।

यस्तै, आइतबार क्वारेन्टिनबाटै घर गएपछि मृत्यु भएका लम्कीचुहा नगरपालिका वडा नम्बर ९ का ३६ वर्षीय युवकको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो।

Related Articles

Back to top button
Close