News

छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन : सभापति देउवा छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन : सभापति देउवाकाठमाडौं । प्रमुख प्रतिपक्…..

छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयकअघि बढाउन सत्तारूढ नेकपासँग माग गरेको छन् ।

देउवाले ट्वीटरमा लेखेका छन्, ‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउने तर नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन । महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिंगको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु ।’

संविधानले महिला र पुरुषबीच समानताको सुनिश्चित गरेको तथा छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य देउवाले बताए ।

नागरिकता विधेयकबारे अर्को ट्वीट गर्दै उनले भने, ‘महिला र पुरूषबीच विभेदको रेखा नकोरौँ । हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ। छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि।’

नागरिकता दिँदा महिला र पुरुषबीच विभेदको रेखा कोर्न नहुने बताए । देउवाले भने, ‘नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन ।’

नेकपा सचिवालयले नेपाली पुरुषसँग विहे गरेर आउने विदेशी महिलाले लगातार ७ वर्ष बसोबास गरेपछि मात्र अंगीकृत वैबाहिक नागरिकता दिने व्यवस्थाको पक्षमा निर्णय गरेको थियो । सोही आधारमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक बहुमतले पारित गरी संसदमा पठाएको थियो । मंगलबारको प्रनिधिसभा बैठकमा उक्त विधेयक पेश भएको छ ।

Related Articles

Back to top button
Close