News

६० भन्दा बढी इन्काउन्टर गरेका पूर्व डीएसपीद्वारा आत्महत्या

एजेन्सी । भारतको पटनामा एक पूर्व डीएसपीले आत्महत्या गरेका छन् । कुनै समयका बिहारका इनकाउन्टर स्पेशलिस्ट भनेर चिनिने डीएसपी कृष्णा चन्द्राले आफ्नै घरमा आफूलाई नै गोली हानेर आत्महत्या गरेका हुन् ।

उनले लेखेको सुसाइड नोट पनि प्राप्त भएको छ जसमा उनले छिमेकीलाई जिम्मेवार ठानेका छन् ।
बिहार प्रहरीका अनुसार उनले ३७ वर्षको कार्यकालमा ६० भन्दा धेरै इन्काउन्टर गरेका थिए । डीएसपीबाट सन्यास लिएपछि उनी पटनामा आफ्नो परिवारसँग बस्दथे ।

उनले सुसाइड नोटमा लेखेका छन्, ‘बितेको १६ सालबाट मैले आफ्नो उपचार गरिरहेको छु । मानसिक तनावको कारणले म धेरै महिनादेखि सुत्न सकेको छैन र छिमेकीको कारणले तनाव झन् बढेको छ । जसले गर्दा आत्महत्याजस्तो कदम उठाउन म बाध्य भएको छु ।’

उनले आफ्नी पत्नी र बच्चाहरुसँग माफी पनि मागेका छन् । उनले आफूसँग अरु कुनै बाटो नभएकाले यस्तो कदम उठाउनु परेको उल्लेख गरेका छन् ।

प्रहरी सेवामा छँदा अपराधीकाे निद्रा उडाउने डीएसपीले यसरी आत्महत्या गर्दा प्रहरी साेचमग्न रहेकाे छ ।

Related Articles

Back to top button
Close