News

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

पोखरा : नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ। बुधबारबार बेलुका ११:३५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आई.सि.यु मा उपचाररत ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक सह.प्रा.डा अर्जुन आचार्यले जानकारी दिए।

उनका अनुसार असार ८ गते भर्ना भएका स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । यस अगाडि कोभिड-१९ पोजेटिभ भई उपचारको क्रममा प्रतिष्ठानमा स्याङ्जाकै बिरामीको पोखरामा मृत्यु भएको थियो।

Related Articles

Back to top button
Close