News

गण्डकी प्रदेशमा बिहानै ११ जनामा कोरोना पुष्टि, कहाँ कति थपिए ? काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार बिहान थपिएका

काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार बिहान थपिएका ११ संक्रमित चार जिल्लाका छन् । म्याग्दीका ६, बाग्लुङका २, नवलपरासी पूर्वका २ र स्याङजाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या सात सय ५३ पुगेको प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म ९१ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये एक जनाको मृत्यु भएको छ ।

Related Articles

Back to top button
Close