News

पाल्पामा कोरोना महामारी भयाभह बन्दै, भरतपुरमा गरिएको परिक्षणमा एकै पटक ९३ जनामा संक्रमण

चितवन- पाल्पाका थप ९३ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा थप ९३ जनामा कोरोना पुष्टि भएको हो । भरतपुर अस्पतालले बिहीबार बिहान सूचना निकालेर जानकारी दिएको हो ।

चितवनको भरतपुर अस्पतालका १५, सिएमसी मेडिकल कलेजका ४, पुष्पाञ्जलीका २, क्यान्सर अस्पतालका २६, सिओएसएसका १६ र पाल्पाका समेत गरेर हिजो कुल २९७ वटा नमुनाको पसिआर भएको थियो ।

जसमध्ये पाल्पाका ९३ बाहेक अरु २०४ नमुनामा संक्रमण नदेखिएको अस्पतालले जनाएको छ । रभतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा सबैभन्दा धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो । त्यस्तै यता गण्डगी प्रदेशमा पनि एकाबिहानै ११ जना संक्रमित फेला परेका छन् भने एक जनाको ज्यान गएको छ ।

Related Articles

Back to top button
Close