News

पोर्चुगलमा १९ बर्षीय सिद्धान्त गुरुङ नदीमा मृत भेटिए, पोर्चुगलमै रहेका बाबुआमा शोकमा

पोर्चुगल-पोर्चुगलमा हराइरहेका १९ बर्षीय सिद्धान्त गुरुङ मृत भेटिएका छन् । पोर्चुगलको राजधानी लिस्बोनबाट जुन १७ तारिख देखि हराइरहेका गुरुङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सोही दिन राति करिब २२ः३० बजे लिस्बनको ओरियन्त नजिक तेगस नदीबाट प्रहरीले निकाल्दा उनको ज्यान गइसकेको बताइएको छ ।

मृतक सिद्धान्तको शब पोस्टमार्टमका लागि मार्तिमुनिजको हस्पिटल साओ जोजेमा राखिएको छ । उनको पार्थिव शरीर लिस्बोनमा नै दाहसंस्कार गरिने बताइएको छ ।

१७ जुन २०२० का दिन आफ्नो घरबाट करिब १८ः३० बजे नियमित ब्यायमको लागि निस्केका सिद्धान्त गुरुङको मृत्यको खबर ८ दिन पछि मात्रै परिवारले प्राप्त गरेका हुन् । लिस्बनमा कक्षा ११ मा अध्ययनरत उनी पोखराका स्थानिय बासिन्दा हुन । उनी बिगत २ बर्षदेखि पोर्चुगलको राजधानी लिस्बनमा आफ्ना मातापितासंग बसोबास गर्दै आईरहेका थिए ।उनको मृत्युपछि बाबुआमा चिन्तामा परेका छन् ।

Related Articles

Back to top button
Close