News

काठमाडौंमा चक्कु प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं । काठमाडौं जिल्लाको टोखा नगरपालिका ३ मा श्रीमानले चक्कु प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।

टोखा नगरपालिका तीन बानियाँटारका कृष्णहरी बानियाँले आफ्नै ४० वर्षीया श्रीमती सविना खड्का (बानियाँ) लाई चक्कु प्रहार गरि हत्या गरेका हुन् ।

डिप्रेशनको औषधि खाँदै आएका उनले हिजो (बुधवार) राती पहिला हातमा चक्कुले प्रहार गरेको र पछि घाँटी रेटेर हत्या गरेको प्रहरीले बताएको छ ।

श्रीमतीको हत्यापश्चाद् घटनाबारे उनले नै पुलिसलाई फोन मार्फत जानकारी गराएको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Back to top button
Close