News

को हुन निलो नम्बर प्लेटको गाडीमा ३ हजार पर्ने थर्मल–गन १५ हजारमा बेच्ले अग्रवाल ?

काठमाडौं । कूटनीतिक नियोगको गाडीमा थर्मल-ग’न विक्री गर्दै हिँडेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन्। तीन हजार मूल्य पर्ने थर्मल-ग’नलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा अग्रवाललाई मंगलबार महानगरीय प्रहरी अप’राध महाशाखाको टोलीले पक्राउ गरेको हो।अग्रवालले काुलोबजारी गरेकोले पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए।

उनको निलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल-गन बरा’मद भएको उनको भनाइ छ।‘अग्रवालले निलो नम्बर प्लेटकै गाडी प्रयोग गरेर सामान विक्री गर्दै आएका थिए,’ एसएसपी थापाले भने।

अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन्। साथै उनी जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक पनि हुन्।त्यस्तै ज्योति समूहको स्याकर ट्रेडिङ कम्पनीले सरकारलाई १० थान व्याकप्याक स्प्रे सहयोग गरेको छ । विभिन्न ठाउँबाट हुन सक्ने संक्रमणबाट रोक्नका लागि व्याकप्याक स्प्रेको प्रयोग उपयोगि हुने भएकाले होण्डाको व्याकप्याक स्प्रे १० थान उपलब्ध गराएको ज्योति समूहका निर्देशक सौरभ ज्योतिले बताए ।

स्याकर ट्रेडिङका अध्यक्ष समेत रहनुभएका ज्योतिले व्याकप्याक भित्र सोडियम हाइपोक्लोराइड राखेर घर, कार्यालय, विद्यालय लगायत मानिसको आवतजावत हुने सबै ठाउँहरुलाई संक्रमण शुन्य बनाउन सकिने बताउनुभयो । उहाँले निजी क्षेत्र पनि सरकारसँगै छ भन्ने भावना सहित सहयोग गरेको बताए ।

Related Articles

Back to top button
Close