News

मोटरसाइकल दुर्घटनामा आमा-छोराको मृत्यु

राजविराज : सप्तरीको कल्याणपुरमा भएको दुर्घटनामा मोटरसाइकल सवार आमा-छोराको मृत्यु भएको छ ।राजविराज बस्ने छोरीलाई भेटन आएकी आमालाई लिएर घर फर्किरहेका खडक नगरपालिका-५ का ३२ वर्षीय बिरेन्द्र दासले चलाएको स.१० प ९०५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दास र उनकी आमा ५५ वर्षीया सुधनीदेवी दासको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर सडक खण्डमा बुधबार राती कञ्चनरुप नगरपालिकाको स.१ झ ४८७ नम्बरको स्कारपियो भ्यानले मोटरसाइकललाई ठक्‍कर दिएको थियो ।  जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी समेत रहेका डीएसपी तिलक भारतीका अनुसार स्कारपियो र मोटरसाइकल ठोक्‍किँदा आमा-छोराको घटनास्थलमै मृत्यु भएको हो ।

शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । डीएसपी भारतीका अनुसार ठक्‍कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिइ आवश्यक कारवाही पक्रिया अगाडि बढाइएको छ ।

Related Articles

Back to top button
Close