News

पाण्डेले भने,‘त्यहाँ कुनै हतियार पड्काइँदैन, शव व्ययवस्थापन गर्ने सैनिकले सलाम गर्ने हो। नागरिकलाई फालेरमात्र आउनु भएन सम्मान पनि दिनुपर्‍यो भनेर यस्तो गरेका हौं।’ नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे नागरिकको अन्तिम सम्मानका लागि सेनाले त्यसरी सलाम गर्ने गरेक…

असार ८ गते दैलेखका एक जना कोरोना संक्रमित पुरूषको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा ज्यान गयो।

दैलेखको दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरूषको राति साढे ९ बजेतिर मृत्यु भएको थियो। तर मृत्युपछि उनका आफन्तले उनलाई छुन पाएनन् न त हिन्दु संस्कारअनुसार नै उनको अन्तिम संस्कार गर्न पाए।

हुन त स्वास्थ्य मन्त्रालयले बनाएको कार्यविधिमा संक्रमण नफैलिने गरी आफन्तले परम्पराअनुसारको अन्तिम संस्कार गर्न सक्ने उल्लेख छ।

काठमाडौंमा विद्युतीय शव दाह गृह भएकाले यहाँ कसैको कोरोनाका कारण मृत्यु भयो भने आफन्त पनि गएर त्यहीँ जलाउने गर्छन्। तर उपत्यकाबाहिर भने विद्युतीय शवदाह गृह नभएकाले अहिलेसम्म संक्रमित सबै शव गाड्ने गरिएको छ।

अरूमा कोरोनाको संक्रमण नहोस् भनेर नेपाली सेनाले संक्रमितको शव आफैं लिएर गाड्ने गरेको छ।

दुल्लुका ती पुरूषको शव पनि असार ९ गते नेपाली सेनाले अस्पतालबाट निकालेर गिरिघाटको जंगलमा खाल्डो खनेर गाड्यो।

यसरी शव व्यवस्थापन गर्न नेपाली सेनाले कोरोना संक्रमणबाट नेपालमा कसैको मृत्यु नहुँदा नै तालिम गरेको थियो।

तालिमप्राप्त ती सैनिकहरूले स्वास्थ्य सुरक्षाका सबै सावधानी अपनाएर शव पुरे। हिन्दु संस्कारमा सामान्य अवस्थामा मृत्यु भए जलाइसकेपछि किरियापुत्री हुन्छन्, घाट पुगेका मलामीले नुहाउँछन्। मृतकका आफन्त छोरामान्छेले कपाल मुन्डन गर्छन्।

Related Articles

Back to top button
Close