News

चिनियाँ सेनाले देपसांग क्षेत्रमा पाल गाडे, सैन्य वाहन र तोप ल्याए

लेह। भारत र चीनबीच सीमा विवाद बढिरहेका बेला चिनियाँ सेना फेरि अर्को ठाउँमा आफ्नो सीमाभित्र प्रवेश गर्ने तयारीमा रहेको भारतले आरोप लगाएको छ । भारतीय संचारमाध्यमका अनुसार पछिल्लो पटक चिनियाँ सैनिक देपसांग क्षेत्रमा सक्रिय भएका छन् । यहाँ चिनियाँ सैनिक भारतीय क्षेत्रमा घुसपैठको कोसिसमा रहेको बताइएको छ ।

रिपोर्टका अनुसार चीनले पूर्वी लद्दाखको दौलत वेग ओल्डी एयरबेसबाट ३० किलोमिटरर देपसांगबाट २१ किलोमिटर टाढा ठूलो संख्यामा सेना तैनाथ गरेको छ । यहाँ सैन्य गाडहिरु र तोपहरु पनि पुग्न लागेका छन् । चीनले यो क्षेत्रमा पट्रोलिङ प्वाइन्ट १० देखि १३ को बीचमा भारतलाई कठिनाइ उत्पन्न गर्ने चाहेको दावी गरिएको छ । यसबाट चीनले पाकिस्तान जाने हाइवेको लागि बाटो पाउँछ । भारतले यो हाइवेको निर्माण रोकिदिएको थियो ।

Related Articles

Back to top button
Close