News
अब रातमा झिलिमिली माइतीघर मण्डला (तस्वीरहरू)
काठमाडौंको माइतीघर मण्डलालाई झिलिमिली बनाइएको छ।
काठमाडौं महानगरको प्रयासमा मण्डलामा विभिन्न खम्बा, भित्तामा थरिथरिका बत्ती जडान गरी झिलिमिली बनाइएको हो।
रातिको समयमा पनि शहरलाई आकर्षित देखाउनका लागि यस क्षेत्रमा लिड लाइट र कलर साइड लाइट राखेर झिलिमिली बनाइएको महानगरले जनाएको छ।
परीक्षणका लागि पहिलो चरणमा माइतिघर मण्डलालाई आकर्षित बनाइएको र पछि विस्तार गर्ने महानगरको योजना छ। माइतीघरदेखि तीनकुनेसम्म, ठमेल, दरवारमार्गजस्ता क्षेत्रमा यसैगरी सजावट गरिने महानगरले जनाएको छ।