News

वीरगञ्जमा कारगार भित्रै एक जनाको मृत्यु

११ असार, काठमाडौंः विरगञ्जको कारागारमा थुनुवाको रुपमा रहेका एक जनाको बन्दीको मृत्यु भएको छ ।

विरगञ्ज नहानगरपालिकाका घर भएका बसिर हालम नाम गरेका ६३ वर्षिय व्यक्तिको कारागारभित्रै मृत्यु भएको कारागार प्रशासनले बताएको छ। साढे ४ महिना अघि ठगीको मुद्दामा पक्राउ परेका उनलाइ पुर्पक्षका लागि थुनामा राखिएको थियो । दुई साता अघि उनमा मघुमेह र उच्च रक्तचापको समस्या देखिएपछि विरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो ।

विरगञ्ज कारागारका प्रमुख श्रवण पोखरेलका अनुसार बिहिबार बिहान उनको मृत्यु भएको छ ।

Related Articles

Back to top button
Close