News

थप एक जना कोरोना संक्रमितको मृत्यु, हेर्नुहोस को हुन नेपालमा मृत्यु हुने २६ औं संक्रमित?

११ असार , काठमाडौंः नेपालमा थप एक जना कोरोना भाइरसको संक्रमितको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत रहेका एक जना संक्रमितको मृत्यु भएको हो ।

लिलितपुर स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालका अनुसार मृत्यु हुने ४९ वर्षिया एक पुरुष रहेका छन् । चितवन स्थायी घर भएका उनी काठमाडौंमा बस्दै आएका थिए । ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । उपचाररत रहेका उनको बिहिबार मृत्इु भएको हो ।

थप एक जनाको मृत्युसँगै नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

Related Articles

Back to top button
Close