News

के लसुन खाँदा साँच्चै नष्ट हुन्छ कोरोनाभाइरस ? यस्तो भन्छ विज्ञान

कोरोना भाइरस १ सय ९५ देशमा पुगिसकेको छ । अहिलेसम्म यसको कुनै उपचार विधि पत्ता लाग्न सकेको छैन । यस्तो अवस्थामा मानिसहरुले विभिन्न प्रकारको स्वास्थ्य सम्बन्धि जानकारी दिने गरेका छन् ती मध्ये कुनै बेकारका छन्, कति हानी रहित छन् त कति त खतरनाकसमेत छन् ।

बीबीसीले अनलाइनमा सार्वजनिक भएका त्यस्ता थुप्रै दाबीमाथि अनुसन्धान गरेर विज्ञानले के भन्छ, त्यसको खोजी गरेको छ ।

१. लसुनः

फेसबुकमा धेरै मानिसहरुले लसुन खाए संक्रमणबाट बच्न सकिन्छ भनेर दाबीसहितको पोष्ट सेयर गरिरहेको देख्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार लसुन स्वस्थकर हो र यसमा एन्टिब्याक्टेरियल तत्व त हुन्छ तर लसुन खाँदा नयाँ कोरोना भाइरसबाट बच्न सकिन्छ भनेर कुनै तथ्य फेला परेको छैन ।

यद्यपि, यस्ता स्वास्थ्य सल्लाहले थुपै्र अवस्थामा हानी त गर्दैन तर कतिपय अवस्थामा यसले स्वास्थ्यमा नकारात्मक असर पु–याउँछ ।

साउथ चाइना मर्निङ पोष्टले बताए अनुसार एक महिलाले साढे एक किलो काँचो लसुन खाँदा अत्यधिक घाँटी सुन्निएको थियो जसका कारण उनलाई अस्पताल नै पु–याउनु परेको थियो ।

हामी सबैलाई थाहा छ, फलफूल र सागसब्जी खानु, पर्याप्त मात्रामा पानी पिउनु स्वस्थ रहने एउटा उपाय हो । तर कुनै निश्चित खानाले यो भाइरससँग लड्न सहयोग गर्छ भन्ने कुरा गलत हो ।

२. मिनरल्स

विभिन्न प्लेटफर्ममा युट्युबर जोर्डन स्याथरका हज्जरौं फलोअर्स छन् । उनले एमएमएस भनिने ‘मि–याकल मिनरल सप्लिमेन्ट’ ले कोरोनालाई नष्ट गर्न सक्छ भनेर दाबी गरिरहेका छन् ।

यसमा ब्लिच गर्ने तत्व, क्लोरिन डायोअक्साईड छ ।

Related Articles

Back to top button
Close