BIGNEWS…काभ्रेमा गो’ली चल्यो, प्रहरीको बाटो छेक्न कसले राक्यो ब’म ? ५ जना घाइते
काभ्रे । काभ्रे जिल्लाको रोशी गाँउपालिकामा बोधिचित्त लुटेरा र प्रहरीबीच जम्काभेट हुँदा गो’ली चलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलका अनुसार, बोधिचित्तको माला लुटपाट गर्न आएको समूहले बिहानै गो’ली चलाएको हो ।
गाउँमा बोधिचित्त लुट्न आएको सूचना पाएपछि प्रहरीको टोली गाउँमा पुगेको थियो । प्रहरी र हतियारधारी समूहको जम्काभेट हुँदा गो’ली चलेको हो । लुटेरा समूहले प्रहरीलाई कुटपिट समेत गरेको र बाटोमा ब’म राखेर भागेको बताइएको छ ।
प्रहरी प्रमुख एसपी पौडेलले घटनामा पाँच जना घाइते भएको बताएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । ‘लुटेरा समूहको कुटपिटबाट उनीहरु घाइते भएका हुन्’, पौडेलले भने, ‘प्रहरीलाई छेक्न बाटोमा ब’म राखिएको रहेछ, त्यसैले उनी समातिएनन् ।’
मध्यराति भएकाे घटनामा संलग्न केहीको पहिचान भइसकेको उनको भनाइ छ । खोजी कार्य थालिएको पौडेलले बताए । तस्विर गुगलबाट