News

आज मलेसियाबाट आउने विमानले यति धेरै नेपालीको जनाको शव ल्याउँदै

काठमाडौं । आज मलेसियाबाट १८ जना नेपालीको श’व ल्याईंदैछ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान ब’न्द हुँदा रोकिएका शव वैदेशिक रोजगार बो’र्ड र नेपाली दूतावासको समन्वयमा श’व आज स्वदेश ल्याउन लागिएको हो । आज साँझ नेपाली लिएर आउने चार्टर्ड उडानमार्फत श’व पनि ल्याउन लागिएको हो ।सिरहाका बलराम ठाकुर, जाजरकोटका बीरबहादुर कामी, धनुषाका बिपिन महरा, बाराका राजाराम चौधरी, सल्यानका प्रेम बि.क, पाँचथरका जगतबहादुर राई र सुरेन्द्रप्रसाद सुब्बा, रोल्पाका विजयबहादुर बोहराको शव नेपाल ल्यायने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार इलामको पदमबहादुर सारु, बाग्लुङ्का शिव पुन मगर, नवलपरासीका पुनरवासी पुरी, नुवाकोटका दिपक भट्टराई, महोत्तरीका भरोसी यादव, महोत्तरीका दुःखीलाल मण्डल खान र मनोजकुमार यादव, बाराका प्रवेश कुमार खतवे र रुकुमका कुवीराम ओलीको श’व ल्याईंदैछ । यसअघि पनि कोरोनाको कारण रोकिएका ११ श’व मलेसियाबाट ल्याइएको छ ।यस्तै साउदीबाट भोलि शनिबार बिहान नेपाली लिएर आउने जहाजले १६ जनाको श’व ल्याउने भएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान ब’न्द हुँदा विभिन्न देशमा नेपालीका श’व रो’किएका थिए ।

त्यहाँ स’मस्यामा परेको नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै श’व पनि आउन थालेका छन् । कतारले असार ६ गते २० जना नेपालीको श’व कतार एअरवेजको चार्टर्ड उडानमार्फत पठाएको थियो ।अन्य देशबाट पनि नेपाली लिएर आएका जहाजले श’व पनि लिएर आइरहेका छन् । यसरी विमास्थलमा आइपुगेका श’व लकडाउनका कारण आफन्त लिन आउन नपाएमा बोर्ड आफैंले बुझेर घरसम्म निःशुल्क पु¥याइदिन्छ । काठमाडौंमै आफन्त भएमा श’व बुझ्न सकिने र बोर्डले घरसम्म ढुवानी गरिदिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । आज आउने श’वको ढुवानीका लागि बोर्ड तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

Related Articles

Back to top button
Close