News

बिरामी कुरुवा बसेकी महिलालाई चुम्बन गर्न खोज्दा पक्राउ

मोरङ । मोरङमा महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा कटहरी गाउँपालिका–४ बस्ने २२ वर्षीय सुरजकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–७ स्थित कोसी अस्पतालको फिमेल मेडिकल वार्डमा बिरामी कुरूवा बसेकी ती महिलालाई सुतेको अवस्थामा मण्डलले चुम्बन गर्न खोजेको प्रहरीले जनाएको छ ।

उनलाई विराटनगर महागनरपालिका–७ बाट पक्राउ गरेको हो । उनी उपर अभद्र व्यवहार मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

 

सिन्धुली अस्पताल उपचाररत एक महिलाको शुक्रबार मृत्यु भएको छ । महोत्तरी पाटुकी २१ वर्षीय युवतीमा अत्यधिक ज्वरो आएको तथा स्वासप्रश्वासमा समेत समस्या देखिएपछि बिहीबार अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

ती महिलामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएकाले संक्रमण हुनसक्ने आशंका गरिएको छ। महिलालाई आइसोलेसनमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको अस्पतालका कोरोना भाइरस फोकल पर्सन डाक्टर प्रसन्नराज भण्डारीले बताए। गत असार ३ गते पाटुबाट सिन्धुलीको घ्याङलेख गाउँपालिका १ सिम्लेस्थित माइती घरमा आइबसेकी थिइन्। उनी त्यहीँ बिरामी परेपछि अस्पताल लगिएको थियो।

अस्पतालमा उपचार गर्न ल्याउँदा ज्वरो आएको तीन चार दिन बढी भइसकेको र घरेलु उपचार गर्दा पनि निको नभएपछि अस्पताल ल्याइएको डाक्टर भण्डारीले बताए ।

मृत्यु भएकी महिलामा कोभिड ९१९ को संक्रमणको लक्षण देखापरेकाले उनको स्वाब संकलन गरिएको र शुक्रबार बिहानै पिसिआर परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइएको डा भण्डारीले जानकारी दिए ।

Related Articles

Back to top button
Close