News

लोकदोहोरी कलाकार परियारले गरे आत्महत्या

बुटवल । कलाकार दिपक परियारको शुक्रबार यूनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको छ । गुल्मीको दरबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छिबजारमा बस्दै आएका परियारले शुक्रबार विहान आत्महत्याको प्रयास गरेका थिए । आफू बस्दै आएको घरको कोठामा रहेको सिलिङ्ग फेनमा झुण्डिएको अवस्थामा देखेपछि उनकी श्रीमती र छिमेकीले तत्काल उपचारका लागि अस्पताल लगेका थिए । दिपकको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मँगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए ।

कान्छि बजारमा रहेको आफ्नो श्रीमतीका दिदी भिनाजुको घरमा बस्दै आएका ३२ वर्षिय दिपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य समेत रहेका छन् । विहिबार मात्रै नयाँ गीत रेकर्ड गराएको उनका आफन्तले बताए । घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । दिपकको शवलाई पोष्टमार्टमका लागि अहिले भैरहवाको भिम अस्पतालमा लगिएको छ ।

Related Articles

Back to top button
Close