News

नेकपाका सदस्यहरुले भनेः नेपाल र भारतको सिमानामा तारबार लगाउनुपर्छ

१२ असार, काठमाडौंः नेपाल कम्युनिष्ट पार्टीको स्थायी सदस्यहरुले नेपाल र भारतको सिमानामा तारबार लगाउनुपर्ने माग गरेका छन् । आज बसेको स्थायी कमिटिको वैठकमा नेपाल र भारतको सिमानामा तारबार लगाउन माग भएको हो । स्थायी कमिटिको वैठकमा नेपाल र भारतको सिमानामा तारबार लगाउनुपर्छ भन्ने कुरामा कमिटीका बलियो मत भएको थियो ।

नेपाल र भारतको सिमाना क्षेत्रलाई सिल गरेर तारबार लगाउनुपर्ने माग आजको नेकपाको स्थायी कमिटिको वैठकमा प्रस्तुत भएको थियो । वैठकको सुरुवातमा नेपालको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको सिमानाको बारेमा ऐतिहासित तथ्य सहित आफ्नो धारणा राखेका थिए । उनले भारत वार्तामा आउने पर्ने समेत बताएका थिए ।

पछिल्लो समय नेपालको तर्फबाट वार्तामा बस्न खोजेपनि भारतको पक्षबाट भने सकरात्मक जवाफ देखिएको छैन । यस्तोमा नेकपाका स्थायी कमिटिका सदस्यहरुले नेपाल र भारतको सिमानामा तारबार लाउनुपर्ने माग गरेका छन् । तारबार लगाउनुपर्ने माग गर्नेमा स्थायी कमिटी सदस्यहरु देव गुरुङ, लीलामणि पोखरेल, पम्फा भुसाललगायत अन्य थुप्रै नेताहरु रहेका थिए । उनीहरुल्े सिमानालाई सिल गरेर नेपालको तर्फबाट तारबार लगाउन आवश्यक रहेको बताए ।

Related Articles

Back to top button
Close