News

घाँस काट्न जान्छु भनी घरबाट निक्लिएका वृद्ध यस्तो अवस्थामा फेला परे

काठमाडौं । सल्यानमा एक वृद्धको लाश पहिरोमा पुरिएका अवस्थामा फेला परेको छ । कालीमाटी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको लाश पहिरोमा कम्मरभन्दा माथिको भागसम्म पुरिएका अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

यही असार ९ गते बिहान घाँस काट्न जान्छु भनी घरबाट निक्लिएको र त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास शुरु गरेको थियो । घरबाट निस्किएको तीन दिनपछि बिहीबार नजीकैको डाँगडँुगे खोलाको पहिरोले पुरिएको अवस्थामा लाश फेला परेको हो ।

Related Articles

Back to top button
Close