News

कोरोना जि’तेर रमाउँदै घर फर्किए ३ वर्षीय बालक !

रौतहट । रौतहटमा शुक्रबार ३ वर्षीय बालक विकास सहनी कोरोना संक्रमण जितेर घर फर्किएका छन् । उनीसँगै अन्य २७ जनापनि संक्रमण मु’क्तभएर घर फर्किएका छन् ।पछिल्लो समय कोरोनाको केन्द्रको रुपमा विकास भएको रौतहटमा कोरोना जि’तेर फर्कनेको संख्यापनि बढिरहेको छ । योसँगै जिल्लामा कोरोना संक्रमण जितेर फर्कनेको संख्या जिल्लामा ७ सय १५ पुगेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर २ को अस्थायी कोरोना अस्पतालबाट शुक्रबार चारवटा नगरपालिकाका २८ जना निको भएर घर फर्किएका चन्द्रपुर अस्पतालका निमित्त मे’डिकल सुपरिटेण्डेन्ट श्यामबाबु साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार डि’स्चार्ज गरिएका सबैको हेटौडा स्थित प्रयोगशालामा पीसीआर विधिद्धारा गरिएको परीक्षणमा नेगेटिभ आएको हो । यसरी डिस्चार्ज हुनेहरुमा गढीमाइ नगरपालिकाका १९ जना, चन्द्रपुर नगरपालिकाका २ जना, वृन्दावन नगरपालिकाका ३ जना तथा गुजरा नगरपालिकाका ४ जना रहेका छन् ।करिब एक महिना अगाडि भारतको सुरतबाट आफ्ना बुबा आमा र ८ वर्षीय दाजुसँगै घर फर्किएका थिए । उनका बुबाआमा भा’रतमामजदुरी काम गर्ने गर्थे । जिल्लाको माधवनारायण नगरपालिकाको मि’ठुहवाका उनीहरु लाई भारतीय सीमा नाकाबाट उ’द्धार गरेर चन्द्रपुर–६ मारहेको एन्फा महिला ए’केडेमीको क्वारेन्टाइमा राखिएको थियो ।

क्वारेन्टाइनमा उनीहरु चारैजनाको स्वा’व संकलन गरेर परीक्षणको लागि पठाउँदा उनी र उनका बुबाको रिर्पोट पोजिटिभ आएको थियो भने आमा र दाजुको नेगेटिभ । रिर्पोट आएपछि आमा र दाजु घर फर्किए भने उनी बाबुसँगै चन्द्रपुर – ६ मा रहेको अस्थायी आइसोलेसनमा बसे ।चारदिन अघि चन्द्रपुर २ मा रहेको अस्थायी कोरोना अस्पतालमा सरेका उनी शुक्रबार पीसीआर रिर्पोट नेगेटिभ आएपछि घर फर्किएका हुन् । उनको बुबाको भने पुनः पीसीआर रिर्पोट पोजेटिभ आएकाले घर जान पाएनन् ।निको भएर घर फर्किएका उनलाई स्वास्थ्वकर्मीले हातमा फूल दिएर वि’दाइ गरेका थिए ।

उनलाई लिन उनकी आमा रामकली देवी सहनी सो अस्पतालमा पुगेकी थिइन् । आमालाई देख्ने बित्तिकै उनी दौ’डिएर आमातर्फ गएर आफ्नो हातमा रहेको कोरोना भाइरस स’चेतनाको प’म्पलेट आमालाई दिए ।कोरोना मु’क्तभएको छोरालाई २० दिनपछि देख्न पाउँदाआमा रामकली देविका आँखा ह’र्षले र’साएका थिए । उनले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने भन्दै भगवान र स्वास्थ्यकर्मीलाई धन्यवाद दिएकी थिइन् । श्रीमान्को रिर्पोट पोजिटिभ आएकोमा नि’राश भएकी उनी छोरा निको भएर घर फर्किदा निकै ह’र्षित थिइन् ।जाँदाजाँदै उनले कोरोनाको कहरले रोजगारी पनि गु’मेको र फर्केर भारत जाने अवस्थापनि नरहेकाले छोराहरुलाई कसरी पालनपोषण गर्ने, शिक्षादीक्षा दिने भन्ने चि’न्ता व्यक्त गरिन् ।

रातो हा’फगन्जी, कालो हाफ पाइन्ट र खुट्टामा चप्पल अनि मुखमा मास्क लगाएका ३ वर्षका विकास आइसोलेसनमापनि र’माएर खेलिरहेका थिए ।विकासको स्वभाव र हौ’सलाले सबैको मन जि’तेको सञ्चारकर्मी सुब्बा कार्की बताउनुहुन्छ । कोरोनाभाइरस भन्ने बित्’तिकै ठूलठूला मानिसहरु समेत ड’राइरहेको बेला ३ वर्षका विकासले जुन उत्साह र हि’म्मतका साथमा कोरोना जि’तेर फर्किएका छन् त्यो सबैको लागि प्रेरणा हुने कार्कीको भनाइ छ ।उहाँले कोरोना संक्रमणलाई र’माएरै जितेका विकासको पालपोषण र पढाइको लागि सहयोगी हातहरुले पहल गरिदिए राम्रो हुने धा’रणापनि राख्नुभयो ।

Related Articles

Back to top button
Close