News

सोही उडानमा ५० हजार थान सर्जिकल मास्क पनि नेपाल पठाइएको छ ।

काठमाडौँ । कोरोना भाइसका कारण मकाउ र हङकङमा समस्यामा परेका ८२ नेपाली स्वदेश फर्किएका छन् । उनीहरु शनिबार बिहान ३: ४५ बजे नेपाल एयरलाइन्सको पहिलाे चार्टर्ड उडानमार्फत काठमाडौँ फर्किएको हङकङस्थित महावाणिज्य दूतावासले जनाएको छ ।

सो उडानमा मकाउदेखि ६३ र हङकङदेखि १९ यात्रुु स्वदेश फर्केका हुन् ।

एनआरए मकाउका अध्यक्ष पूर्ण गुरुङका अनुसार कोरोना कारण सुरुमा मकाउबाट स्वदेश फर्कन दूतावासमा ७८ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ६६ जनाले मात्रै आवश्यक प्रक्रिया पुरा गरेका थिए । तीमध्ये केही जना कोरोना परीक्षण नभएका कारण र अन्य व्यक्तिगत कारणले स्वदेश फर्कन पाएका छैनन् ।

मकाउका नेपाली शुक्रबार नै पानी जहाज चढेर हङकङ पुगेका थिए ।मकाउबाट स्वदेश फर्किनेहरुमा कोरोनाका कारण त्यहाँ जागिर गुमाएका, भिसा सकिएर नविकरण नभएका, विरामी र २ जना गर्भवती महिला छन् ।

सोही उडानमा ५० हजार थान सर्जिकल मास्क पनि नेपाल पठाइएको छ । मास्क एनआरएनए सचिवालय मार्फत नेपाल सरकारलाई बुझाइने अध्यक्ष गुरुङले डिसी नेपाललाई जानकारी दिए ।

Related Articles

Back to top button
Close