News
सुशान्तको मृत्युको १३ दिनपछि आयो परिवारको बयान, गरिए ठूला घोषणा
मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको १३ दिनपछि आधिकारिक रुपमा उनको परिवारले यसबारे आफ्नो कुरा सार्वजनिक गरेका छन् । उनको परिवारले उनका फ्यानको लागि शनिबार एक वक्तव्य जारी गरेका हुन् । परिवारले आफ्ना प्रिय गुलशन अर्थात सुशान्तलाई विदाइ गर्दै केही ठूला घोषणा गरेका छन् । सुशान्तको घरमा बोलाउने नाम गुलशन थियो जसको अर्थ बगैंचा हुन्छ ।
वक्तव्यमा लेखिएको छ ‘अलविदा सुशान्त । दुनियाँको लागि जो सुशान्त सिंह राजपुत थिए उनी हाम्रो लागि हाम्रो प्रिय गुलशन थिए । उनी खुला विचारका, बोलिरहने र धेरै समझदार युवक थिए । उनी हरेक चीजमा चासो राख्थे । उनका सपना कहिल्यै कुनै कुराले रोकिएनन् र उनले एश सिंहको मुटुको साथमा ती सपनाको पिछा गरे । उनी दिल खोलेर हाँस्थे ।’