स्पेनिश ला लिगा अन्तरगत शनिबार भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ। स्पेनिश ला लिगा अन्तरगत शनिबार भाएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ।
स्पेनिश ला लिगा अन्तरगत शनिबार भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ।
बार्सिलोना सेल्टासँग २-२ को बराबरीमा रोकिएको हो।
सेल्टाका कप्तान इयागो आस्पासले खेलको ८८ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेपछि लिगमा बार्सिलोना हिजोको खेलमा अंक बाड्न बाध्य भयो।
आइतबार स्पानोयोललाई पराजित गरेमा यस बराबरीको फाइदा लिगको दोश्रो स्थानमा रहेको रियल मड्रिडलाई हुनेछ। आइतबारको खेल जितेमा ऊ लिगमा २ अंकको अग्रता लिदैं शीर्ष स्थानमा उक्लिनेछ।
शनिबार भएको खेलमा बार्सिलोनाका लागि दुबै गोल लुइस स्वारेजले गरे।
उनले खेलको २० र ६७ औं मिनेटमा गोल गरेका थिए।
यसैगरी सेल्टाले पहिलो गोल खेलको ५० औं मिनेटमा फर्काएको थियो। उसका लागि सो गोल फेडोर स्मोलोभ गरेका हुन्।
बराबरीसँगै लिगमा बार्सिलोनाको ३२ खेलबाट ६९ अंक छ भने एक खेल कम खेलको रियल मड्रिडको ६८ अंक छ।
यसैगरी हिजो नै लिग अन्तरगत भएका अन्य खेलमा एथ्लेटिको बिल्बाओले माल्रोकालाई ३-१ ले पराजित गर्यो भने ओसासुन्नाले लेगानेसलाई २-१ ले हरायो।
Luis Suarez scores his first Barcelona goal since January …
यस्तै एथ्लेटिको मड्रिडले ऐलाभेसलाई २-१ ले हरायो। एथ्लेटिको मड्रिडको लिगमा ३२ खेलबाट ५८ अंक छ। ऊ लिगको तेश्रो स्थानमा छ।