News

क्वारेन्टिनमा बेहोस भएका युवकले धनगढीदेखि नेपालगञ्ज पुग्दा पनि भेन्टिलेटर पाएनन्

धनगढी : कैलालीको गौरीगंगाका एक युवकले धनगढीदेखी नेपालगञ्ज पुगाउँदा समेत उपचारका लागि भेन्टिलेटर पाएका छैनन्।

भारतबाट फर्किएर गौरीगंगा नगरपालिकाको क्वारेन्टिनमा बसिरहेका बेला बेहोस भएका २२ वर्षीय युवकले भेन्टिलेटर अभावमा उपचार नपाएका हुन्।

शनिबार बिहान सेती प्रादेशिक अस्पताल पुगाइएका युवकलाई सर्पले टोकेको भन्दै समान्य उपचारपछि भेन्टिलेटर खाली नभएको भन्दै नेपालगञ्ज रेफर गरिएको थियो। तर नेपालगञ्जको भेरी अस्पतालमा समेत भेन्टिलेटर खाली नहुँदा उपचार गर्न नसकेको सँगै रहेका युवकका दाजुले बताए।

उपचारका लागि धनगढीका नीजि अस्पताल समेत पुगेका उनलाई सम्भव नभएको भन्दै अन्यत्र लैजान सुझाव दिएका थिए। बेहोस अवस्थामै रहेका युवकको  मुख र नाकबाट फिज बगिरहेको भएपनि अस्पतालले भेन्टिलेटर खाली नहुँदा जरनल वार्डमा राखेर उपचार गरिरहेको उनले बताए।

चिकित्सकले भेन्टिलेटर खाली हुने बितिकै बिरामीलाई  भर्ना गरेर उपचार गर्ने आश्वासन दिएपनि वेवास्ता गरिएको गुनासो उनले गरे। भारतबाट फर्किएका कारण पनि कोरोना आशंकामा चिकित्सकले उपचारमा लापरवाही गरिरहेको आशंका परिवारले गरेको छ।

धनगढीबाट कोहलपुर मेडिकल कलेज पुगाएपनि भर्ना गर्न नमानेपछि शनिबार राती नै युवकलाई भेरी अस्पतालमा लगिएको थियो।

जेठ २६ गते भारतबाट फर्किएका युवक गौरीगंगा नगरपालिकाको वडा नम्बर ४ मा रहेको सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बसिरहेका थिए।

Related Articles

Back to top button
Close