News
उदयपुरमा चट्याङको आवाजले बेहोश भएका व्यक्तिको मृत्यु
उदयपुरमा चट्याङको आवाजले बेहोश भएका व्यक्तिको मृत्यु भएको छ।
चौदण्डीगढी नगरपालिका-५ खोरिया बस्तिका १८ वर्षीय दिपेश मगरको शनिबार मृत्यु भएको हो।
शनिबार दिउँसो ४ बजेको समयमा आफ्नै खेतमा काम गरिरहेका बेला उनको नजिकै परेको चट्याङ आवाजले उनी बेहोस भएका थिए।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी गोविन्द पुरीका अनुसार त्यसपछि बेहोश भएका मगरको उपचारका लागि धरानको बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
उपचारकै क्रममा राति पौने ८ बजे अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाइ छ। उनको के कारणले त्यसरी मृत्यु भएको हो भन्ने अब पोष्टमर्टमबाट विस्तृत रूपमा आउँला,’डिएसपी पुरीले भने,’अहिले उनको शव धरानमा राखिएको छ।’