Entertainment

दे’वरभा’उजुको च’र्तिकला : यसरी खोले फ’रिया (हेर्नुहोस भिडियो)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलेले अत्ति महत्वपुर्ण विषयमा विज्ञप्ति जारी गरेको छ । बुधवार भएको एक घटनालाई लिएर त्रिविले विज्ञप्ति जारी गरेको हो । नेपाल विद्यार्थी संघका केही विद्यार्थीहरुले त्रिविका पदाधिकारीहरुसँग अमर्यादित रुपमा प्रस्तुत भएर अनायास कार्यालयमा तालाबन्दी एवं उपकुलपतिको कुर्सी ज’लाउ’ने कार्य भएको भन्दै त्रिवि रजिस्ट्रारको कार्यालय सुचना तथा जनसम्पर्क महाशाले विज्ञप्ति जारी गरेर घटनाको निन्दा गरेको छ ।

त्रिविले यस विषयप्रति आफ्नो ध्यान गएको बताउँदै खेद प्रकट गरेको हो । त्रिविका प्रवक्ता सुर्यप्रसाद अधिकारीद्धारा जारी विज्ञप्तिमा नेवि संघका विद्यार्थीहरु पुर्वसुचना नदिई भेट्ने नाममा गुन्डागर्दी शैलीमा प्रवेश गरेका थिए ।

बुधवार त्रिवि उपकुलपति धर्मकान्त बास्कोटाको कुर्सी नेपाल विद्यार्थी संघका कार्यकताले जलाएका थिए । नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले बुधबार दिउँसो उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएका हुन् । नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गर्यो । त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको छ ।

लकडाउनको समयमा पनि त्रिविले पठनपाठन बाहेकका सम्पुर्ण काम गर्दै आएको पनि विज्ञप्तिमा जानकारी दिइएको छ । त्रिविले विद्यार्थीका सबै शैक्षिक मागहरु पुरा गर्न तयार भएको पनि प्रष्ट पारेको छ । वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्नुपर्छ भन्ने पक्षमा आफुहरु रहेको पनि त्रिविले विश्वस्त पारेको छ । विद्यार्थी संगठनका नाममा यसरी गुन्डागर्दी हुँदा विश्वविद्यालयको गरिमामा गम्भीर क्षति पुग्ने बुझाई त्रिविको रहेको छ । त्रिविले यस खालका गल्ती पुनः नगर्न सचेत गराएको छ ।

Related Articles

Back to top button
Close