News
पेट दुखेर अस्पताल लगिएकी बालिकामा कोरोना संक्रमण पुष्टि
१४ असार, काठमाडौं । भक्तपुरमा चार वर्षकी बालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
मध्यपुर थिमिस्थित बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । बालिकालाई पेट दुखेपछि काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो । एपेन्डिसाइटिसको अपरेसन गर्नुपर्ने भएपछि अस्पतालले ११ असारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको थियो ।
‘उहाँहरुको केही दिनपछि स्वाब संकलन गर्छौं’ मिजारले भने, ‘त्यसको रिपोर्टले बालिकामा देखिएको कोरोना संक्रमणको स्रोत पत्ता लगाउन केही सहज होला ।’