News
विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो
१४ असार, काठमाडौंः महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या १ करोड नाघेको छ ।
आइतबार साँझ जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभर कुल १ करोड १ हजार ५ सय २७ जना पुगेको छ। अहिले कोरोना संक्रमण विश्वका १ सय ८० देशमा फैलिएको छ ।
संक्रमितहरुमध्ये आधाभन्दा धेरै भने निको भएका छन् । हालसम्म निको हुनेको संख्या ५९ लाख ६५ हजार ८ सय ६९ जना रहेको छ ।
त्यस्तै, संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ९९ हजार १ सय २४ रहेको विश्वविद्यालयले जनाएको छ ।