News

कोरोनाको औषधी भन्दै अफवाह फैलाएको आरोपमा योगगुरू रामदेव विरुद्ध प्रहरीमा उजुरी

एजेन्सी । पतञ्जली आयुर्वेद नाम कम्पनी मार्फत कैयौँ आयुर्वेदिक औषधी निर्माण गर्दै आएका भारतीय योगगुरु रामदेव विरुद्ध प्रहरीमा उजुरी परेको छ । रामदेवले स्वीकृति नलिई कोरोना निको पार्ने दावी गरिएको औषधि सार्वजनिक गरिएको भन्दै प्रहरीमा उजुरी परेको
प्रहरीका डेप्युटी कमिशनर अशोक गुप्ताले मिडियालाई जानकारी दिए ।

प्रहरीका डेप्युटी कमिशनर अशोक गुप्ताका अनुसार रामदेव बाहेक अन्य पतञ्जली आयुर्वेदका अन्य चार एमडीहरू, जयपुरको नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड रिसर्चका निर्देशक आचार्य बालकृष्ण, बिएस तोमर, अनुराग तोमर र सिनियर बैज्ञानिक अनुराग अनुराग वाष्णेयको नाम पनि एफआइआरमा उल्लेख गरिएको छ ।

हरिद्धारमा रहेको पतञ्जली आयुर्वेदले गत साता मात्रै कोरोना निको पार्ने भन्दै ‘कोरोनिल’ औषधि बजारमा ल्याएको थियो । ७ दिनमा निको पार्ने दाबी गरिएको उक्त औषधी प्रयोगमा विश्व स्वास्थ्य संगठनले तत्कालै रोक लगाएको थियो ।

Related Articles

Back to top button
Close