१५ दिनसम्म छोरीलाई बलात्कार गर्नेले आमालाई पनि भगाएपछि… धनुषा । महोत्तरी भंगहा नगरपालिकाकी १२ वर्षीया बालिकालाई ‘धम्क्याउँदै’ भारत पुर्याएर १५ दिनसम्म लगातार बलात्क….
धनुषा । महोत्तरी भंगहा नगरपालिकाकी १२ वर्षीया बालिकालाई ‘धम्क्याउँदै’ भारत पुर्याएर १५ दिनसम्म लगातार बलात्कार गरिएको गत महिना पीडित बालिकाले नै खुलासा गरिन् । आमाकै संरक्षणमा बालिकालाई भारतको दिल्ली पुर्याएर १५ दिनसम्म निर्घात कुटपिट गरी बलात्कार गरिएको थियो ।
‘दिल्लीमा भाडाको कोठा लिएर आमाको आगाडि नै दैनिक बलात्कार गथ्र्यो,’ पीडित बालिकाले भनिन्, ‘आमाले केही भन्दिनथिन्, उल्टै मलाई नै गाली गर्थिन् । प्रतिकार गर्न खोज्दा ज्यान मारिदिने, काटिदिने आदि विभिन्न प्रकारका धम्की दिँदै दुवैजना मिलेर कुटपिट गर्थे ।’
पीडित बालिकाले न्यायका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा असार २२ गते उजुरी दिए पनि उनलाई न्याय पाउने आस छैन । ‘आमा नै पापी भएपछि कसले न्याय दिन्छ,’ पीडित बालिकाले दुखेसो पोख्दै भनिन्, ‘मलाई बलात्कार गर्ने मान्छेसँगै भागेकी आमाले मसँग छोरी गएकै थिइन भन्छिन्। अब म कुन आधारमा न्याय पाउँछु।’ यो समाचार आजको नागरिक दैनिकमा कमलेश ठाकुरले लेखेका छन् ।