News

कोरोनाविरूद्ध लड्न ट्वीटरका मालिकले एक अर्ब डलर दिने

ट्वीटरका मालिक ज्याक डोर्सेले कोरोना भाइरसविरूद्ध लड्न एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन्।

मंगलबार ट्वीट गर्दै उनले ग्लोबल कोभिड-१९ कोषमा एक अर्ब अमेरिकी डलर दिने घोषणा गरेका हुन्।उनले उक्त रकम आफ्नो कुल सम्पत्तिको २८ प्रतिशत रहेको जानकारी दिएका छन्।

महामारीको अन्त्यपछि बालिकाको स्वास्थ्य, शिक्षा र आधारभूत आय तिर ध्यान केन्द्रित गर्ने उनले बताए। ‘यो महामारीलाई अन्त्य गरेपछि बालिकाको स्वास्थ्य, शिक्षा र आधारभूत आयमा ध्यान केन्द्रित गर्छौं,’उ नले भने।

फोर्ब्सका अनुसार डोर्सेको कुल सम्पत्ति ३.३ अर्ब डलर रहेको छ।

Related Articles

Back to top button
Close