श्रीमती बिरामी भएपछि गायक प्रमोद खरेलले अस्पतालमा नै श्रीमतीको जन्मदिन मनाए…
काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको घरमा लक्ष्मीको आगमन भएपनि उनी अस्पतालको दौडधुपमा भने लागिरहनु परेको छ ।
आज पत्निको जन्मदिनका दिन पनि गायक खरेल अस्पतालमा नै छन् ।उनले पत्नि दीपालाई अस्पतालमा नै जन्मदिनको शुभकामना दिए ।
असार ३ गते छोरीका बाबु बनेका प्रमोदकी पत्नि दीपाको स्वास्थ्यमा समस्या आएपछि उनको अस्पतालको बास भएको हो ।
उनले सामाजिक सञ्जालमार्फत छोरी जन्मेपछि अस्पतालमा भएका कुराहरु खोलेका छन् ।?
यो पनि पढ्नुहोस्
काठमाडौ, स्यानिटाइजर पिउँदा ३ जनाको ज्यान गएको भने ४ जनाले दृष्टि गुमाएका छन् । घटना हो कोरोनाले सबैभन्दा प्रताडित देश अमेरिकाको हो । अमेरिकामा स्यानिटाइजर पिउँदा तीन जनाको ज्यान गएको छ । भने अन्य चार जनाले आँखाको दृष्टि गुमाएका छन् ।
अन्तराष्ट्रिय समाचार उजेन्सीहरुका अनुसार उक्त स्यानिटाइजरमा मेथानोलको प्रयोग भएको हुन सक्ने अनुमान प्रहरीको छ । उक्त मेथानोलको प्रयोग भएको हुनसक्ने न्यु मेक्सिको राज्यको स्वास्थ्य विभागले पनि जनाएको छ ।
यसैबिच उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६५ हजार १०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३० लाख २१ हजार ३४२ पुगेको छ । त्यसमध्ये १३ लाख १२ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ८१ हजार २०६ जनाको मृत्यु भएको छ । २१ लाख १ हजार ७८६ संक्रमित भएकोमा १२ लाख २ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।