Video

सुस्मितालाई बाथरुममा बला*त्कार…यसरी बनेको थियो ह*त्याको प्लान (भिडियो)

काठमाडौँ – आफ्नै परिवारबाट हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी (थापा)को हत्या मुख्यतः दुई कारणले भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

हत्याकाण्डमा संलग्नताको आरोपमा पक्राउ परेका ४ जनालाई सोमबार सार्वजनिक गर्दै मकवानपुर प्रहरीले ससुराबाट भएको बलात्कार प्रयासको घटना लुकाउन र आर्थिक कारणले सुनियोजित हत्या भएको जानकारी दिएको छ ।

प्रहरीले ससुरा ५८ वर्षीय प्रकाश थापा, सासू तुलसा कुमारी थापा, जेठी नन्द दुर्गा थापा (कार्की) र २३ वर्षीय नन्द सीता थापालाई सार्वजनिक गरेको छ ।

मकवानपुर प्रहरीका अनुसार ससुरा प्रकाशले बुहारी सुस्मितालाई घरको बाथरुममा बलात्कार प्रयास गरेका थिए ।

Related Articles

Back to top button
Close