News
सय रुपैयाँको रिचार्ज लाई १२८ रुपैया !
नेपालगन्ज : बाँकेको दुर्गम नरैनापुर गाउँपालिकामा कालोबजारीमा रिचार्ज कार्ड बिक्री भइरहेको छ।
नरैैनापुर २ लक्ष्मणपुरका मोहम्मद सलिम खाँले एक सय रुपैयाँ पर्ने नेपाल टेलिकमको रिचार्ज कार्ड ८० रुपैंयाँ भारुमा बिक्री भइरहेको बताए।
उनले भने, ‘पहिले ६५ रुपैयाँ भारुमा पाइन्थ्यो। लकडाउनपछि ८० भारुमा बिक्री भइरहेको छ। रिचार्ज कार्डमा कालो बजारी भए पनि कसैले रोकेको छैन।’
उनले गाउँपालिका भरी नै रिचार्ज कार्डमा कालोबजारी भइरहेको बताए। नेपाल प्रहरीको लक्ष्मणपुर चौकीका प्रहरी सहायक निरीक्षक भक्त खड्काले रिचार्ज कार्ड कालो बजारी भइरहेको विषयमा कसैले पनि गुनासो वा उजुरी नभएको बताए।