News

बाराको जीतपुरमा महिला प्रहरीको ज्याजती, युवतीमाथी निर्घात कुटपिट

सिमरा । इलाका प्रहरी कार्यालय जीतपुरमा कार्यरत महिला प्रहरी शन्तु चौधरीले एक युवतीलाई निर्घात कुटपिट गरेकी छन् । जीतपुरसिमरा १ पथलैयाकी २६ बर्षे निशा लामामाथी महिला प्रहरीले निर्घात कुटपिट गरेकी हुन् ।

आइतबार साँझ जीतपुर बजारमा खटिएका सई जयराम पुडासैनी सहित प्रहरीको टोलीले लकडाउन उंलङ्कन गरेको भन्दै केही तिन पांङग्रे सवारी साधन अटोलाई रोकेर जरिवाना तिराउन खोजेपछी सोही अटोमा यात्रा गरेकी लामाले आफुले बिरोध गरेको बताउँछिन् ।

प्रहरीले अटो चालकलाई रु २ हजार ५ सय जरिवाना तिरेमात्र छोडिदिने भनेपछी उनले प्रहरीलाई एक पटकलाई छोडिदिन आग्रह मात्र गरेको लामा बताउँछिन । प्रहरीले अटोको चाबी खोसेर निकै बेर यात्रुहरुलाई दुःख दिएको भन्दै उनले सवालजवाफ गरेपछी प्रहरीले उनलाई समेत प्रहरी कार्यालय लग्यो ।

सोही क्रममा महिला प्रहरी चौधरीले उनीमाथी हातपात गरेपछी उनलेपनी प्रतिबाद गरिन् । त्यसपछी उनलाई कार्यालय भित्र लगियो र लामा माथी निर्घात रुपमा महिला प्रहरी चौधरीले कुटपिट गरिन् ।

  • पिडित लामाका अनुसार उनलाई महिला प्रहरीले संवेदनशिल अँगमा समेत पाईपले कुटिन् । उनको छाती, गर्धन र कम्मरमा निलडाम देखिएको छ भने खुट्टा कुटाईले फुलेको अल्पाईन अस्पताल सिमराले जानकारी दिएको छ ।

उनको आफन्तले उनलाई उपचारका लागी सिमरा स्थित अल्पाइन अस्पताल ल्याएको थियो । उपचारका क्रममा उनको शरिरको तापक्रम बढेको र खुट्टा सुन्निएको बताएपछी भिडियो एक्सरेका लागी सिमरा स्थित स्टार पोली क्लिनिक सिमरामा रेफर गरेको थियो ।

क्लिनिकको भिडियो एक्सरेका अनुसार उनको पेटमा गम्भिर चोट लागेको हुन सक्ने बताएको छ । उनको पाठेघरमा पानी जमेको समेत एक्सरेले देखाएको छ ।

उनलाई थप उपचारका लागी बिरगञ्ज समेत लगिएको छ । दुखाई सहन नसकेपछी उनलाई थप उपचारका लागी बिरगञ्ज लानुपरेको परिवार स्रोतले बताएको छ ।

जीतपुरसिमरा उपमहानगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष हिरा बहादुर गुरुङले महिला प्रहरीले गुण्डागर्दी शैलीमा युवतीमाथी निर्घात कुटपिट गर्ने महिला प्रहरीलाई कडा कारवाही हुनुपर्ने बताएका छन् ।

लकडाउनका बेला स्थानियहरु बिभिन्न समस्यामा गुज्रीरहेका बेला प्रहरीको यो दमन स्विकार गर्न नसक्ने गुरुङले बताएका छन् ।
परिवार स्रोतका अनुसार महिला प्रहरी चौधरीमाथी महिला हिँसाको मुद्धा दर्ता गर्ने तयारी गरिएको छ ।

यता जितपुर प्रहरीले भने शुरुमा महिला प्रहरीले कुटेको स्विकार नगरेपनी पछी आफन्त र स्थानिय प्रहरी कार्यालयमा पुगेपछी छापड हानेको सम्म स्वीकार गरेको छ ।

यस बिषयमा इलाका प्रहरी कार्यालय सिमराका डिएसपी दिपक श्रेष्ठले महिला प्रहरीमाथी अनुसन्धान गरी पिडितसंग आवश्यक छलफल गर्ने बताएका छन् । महिला प्रहरीको गल्ती नै ठहर भए आवश्यक कारवाहीका लागी सिफारिस गर्ने उनले बताए ।

Related Articles

Back to top button
Close