News

अमेरिकामा कोरोना मृत्युदरमा आयो कमी, संक्रमितदर उच्च

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको दरमा कमी आएको छ ।

वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा ३ सय ३७ जनाको मात्र संक्रमणबाट मृत्यु भएको छ । योसँख्या अन्य पछिल्ला दिनहरुभन्दा कम रहेको स्वास्थ्य अधिकारी बताउँछन् । यस्तै, ४४ हजार नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना मृत्युदर कम हुँदै गएको छ भने संक्रमितदर उच्च हुँदै गएको छ ।

अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश हो । दोस्रो र तेस्रोमा क्रमश ब्राजिल र रसिया रहेका छन् ।

अमेरिकामा कोरोनाबाट हालसम्म २६ लाख ८१ हजार संक्रमित भएका छन् भने १ लाख २८ हजार ७ सय ७४ जनाको मृत्यु भएको छ । ११ लाख ४ हजार उपचारपछि निको भएका छन् । १४ लाख ४७ हजार उपचाररत छन् ।

Related Articles

Back to top button
Close